बालचन्द्र बराल र सपना रोकाको कडा दोहोरी भिडन्त

९ आश्विन २०७८, शनिबार ०८:४१
Featured Video Play Icon

मकवानपुर, ९ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनलका लागि अन्तिम दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार शोभा कार्की र बालचन्द्र बरालसँग विजय बानियाँ र सपना रोकाले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि थप प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा बालचन्द्र र सपनाको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । प्रोमो अनुसार सम्भवत बालचन्द्र सवारी चालकका रुपमा र सपना यात्रुका रुपमा प्रस्तुत हुँदैछिन् । सुरुमा सपनाले सवारी चालकको जीवनसाथी ठाउँ ठाउँमा हुन्छ रे भन्दै कटाक्ष गरेकी छिन् ।

सपनाको कडा व्यङ्ग्यलाई अन्तै मोड्दै बालचन्द्रले एउटै कुरा सधैँ नगर्न आग्रह गर्छन् । यी दुई प्रतिस्पर्धीको यो दोहोरी भिडन्त रमाईलो विषयमा भएकोले निक्कै रमाईलो हुने देखिएको छ ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायको गोप्य मत र दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा चर्चित जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*