दोहोरी च्याम्पियनमा तानातान

८ आश्विन २०७८, शुक्रबार ११:१६
Featured Video Play Icon

मकवानपुर, ८ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ का लागि अन्तिम दोहोरी भिडन्त शनिबार हुँदैछ । शनिबारको दोहोरी भिडन्तमा अन्तिम जोडीहरुबिचको दोहोरी भिडन्त मात्र नभई अतिथि कलाकार र निर्णायकहरुबिच पनि कडा दोहोरी भिडन्त हुँदैछ । वास्तवमै भन्नुपर्दा यो साता दोहोरी च्याम्पियनमा तानातान नै हुने स्थिति छ । पछिल्लो पटक दोहोरी च्याम्पियनले सार्वजनिक गरेको प्रोमो अनुसार अतिथिका रुपमा पुगेका चर्चित हाँस्य कलाकार फुलन्देकी आमा अर्थात उमेश राई र शोका निर्णायक प्रजापति पराजुलीबिच कडा दोहोरी परेको देखिन्छ ।

सुरुमा फलन्देकी आमाका रुपमा शोमा पुगेका उमेश राईले निर्णायक प्रजापति पराजुलीलाई जिस्काउँदै दोहोरी प्रहार गरेका छन् । उनको दोहोरी प्रहारमा निर्णायक पराजुलीले पनि कडा जवाफ फर्काएका छन् ।

उनीहरुबिचको यो दोहोरी घम्साघम्सीले शोको उनान्तिसौँ एपिसोड निक्कै रमाईलो हुने देखिएको छ । उनीहरुबिच अझ लामो समयसम्म चलेको यो रमाईलो दोहोरीको पुरा भाग शनिबार नै हेर्न पाईनेछ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*