राजेन्द्र पाठक र मिना नेपाल सेमिफाईनलमा पुग्लान् ?

८ आश्विन २०७८, शुक्रबार ११:०९
Featured Video Play Icon

मकवानपुर, ८ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ मा पुग्ने तेस्रो जोडीको घोषणा यही शनिबार हुँदैछ । शनिबार राजु केसी र डिला बिकसँग राजेन्द्र पाठक र मिना नेपालले दोहोरी भिडेका थिए । यी दुबै टिमले गत साता कडा दोहोरी भिडन्त गरेका थिए । उनीहरुले दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । दोहोरी भिडन्त भिडेका मिना र राजेन्द्र उत्कृष्ट २४ का क्रममा बाहिरिएता पनि वाईल्ड कार्डमार्फत शोमा फर्किएका हुन् । त्यसपश्चात चर्चित जोडीलाई पछि पार्दै उनीहरु उत्कृष्ट १६ बाट उत्कृष्ट ८ मा प्रवेश गरेका थिए । उत्कृष्ट ८ मा बलिया प्रतिस्पर्धी मानिएका राजु र डिलासँग दोहोरी भिडेपछि उनीहरुको दोहोरीको चर्चा भएको थियो । चारैतिर उनीहरुको चर्चा भईरहँदा दर्शकहरुले उनीहरु सेमिफाईनलमा पुग्लान् वा नपुग्लान् भनेर चर्चा गर्न थालेका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका छैटौँ जोडी हुन् राजेन्द्र पाठक र मिना नेपाल । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा चर्चित जोडी प्रदिप रोका र कल्पना दाहालसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा राजेन्द्रलाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए भने मिनालाई दुई जना निर्णायकहरुले थ्री स्टार र दुई जना निर्णायकहरुले फो स्टार दिएका थिए । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ५९९ अंक प्राप्त गर्दै ५ अंकले हार व्यहोरेका थिए । तर उनीहरु वाईल्ड कार्डमार्फत पून शोमा प्रवेश गरेका थिए । मिना नेपाल ओखलढुङ्गाकी र राजेन्द्र नुवाकोटका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*