शोभा कार्की र विजय बानियाँको कडा दोहोरी भिडन्त

८ आश्विन २०७८, शुक्रबार ११:०१
Featured Video Play Icon

मकवानपुर, ८ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनलका लागि अन्तिम दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार शोभा कार्की र बालचन्द्र बरालसँग विजय बानियाँ र सपना रोकाले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि एउटा प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा शोभा र विजयको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । सुरुमा विजयले आफ्नो बाध्यता प्रस्तुत गरेका छन् । उनले दुधे छोरालाई कसरी पाल्ने भन्दै शोभासँग दुखेसो पोखेका छन् ।

विजयको दुःखेसोमा जवाफ दिँदै शोभाले पनि आफुले नै छोरालाई लिएर जाने बताउँछिन् । उनीहरुको दोहोरीको विषय हेर्दा सम्भवत श्रीमान र श्रीमतीको बिछोडको बारेमा दोहोरी केन्द्रित रहेको अनुमान लाउन सकिन्छ । तर वास्तविक विषयका बारेमा भने शनिबार मात्रै थाहा पाउन सकिनेछ ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायको गोप्य मत र दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा चर्चित जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*