प्रिती र सितासँग हरि थापा र नवराज घोरासैनीको कडा दोहोरी

६ आश्विन २०७८, बुधबार १२:५३
Featured Video Play Icon

मकवानपुर, ६ असोज । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा वरिष्ठ दोहोरी गायकहरु हरि थापा मगर र नवराज घोरासैनीले दोहोरी गाएर तहल्का मच्चाएका छन् । उनीहरुले कार्यक्रम संचालिका तथा गायिका प्रिती आले र निर्णायक तथा गायिका सिता थापासँग कडा दोहोरी भिडेका हुन् ।

सुरुमा गायिका प्रिती आलेले नवराज र हरिलाई काँठे दोहोरीका बाघहरुभन्दै दोहोरी सुरु गरेकी थिईन् । प्रितीलाई जवाफ दिँदै वरिष्ठ गायक नवराज घोरासैनीले रमाईला टुक्काहरु प्रहार गरेका थिए । नवराज र प्रितीको दोहोरी भिडन्तपछि निर्णायक तथा गायिका सिता थापाले वरिष्ठ गायक हरि थापा मगरले दोहोरी भिडेका थिए ।

सुरुमा सिताले हरिलाई राम्रो भन्दै दोहोरी सुरु गरेकी थिईन् । तर हरिले पून प्रितीतिरै दोहोरी मोडेपछि हरि र प्रितीको कडा दोहोरी भिडन्त परेको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*