कमेडी च्याम्पियन सिजन २ का विजेता र उपविजेताहरु

५ आश्विन २०७८, मंगलवार १०:५३
Featured Video Play Icon

मकवानपुर, ५ असोज । ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ को विजेता बन्न सफल भएका छन् । फाईनलमा पुगेका बिक्की अग्रवाल र सन्तोष थापालाई दर्शक भोटका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् । भरतमणि विजेता बनेसँगै सिक्किमका बिक्की अग्रवाल फर्स्ट रनर अप र गोरखाका सन्तोष थापा सेकेण्ड रनर अप बनेका छन् ।

विजेता बनेका भरतमणि पौडेलले शोमा सबैभन्दा बढी अर्थात ७ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका थिए । उनी यस सिजनमा सर्वाधिक ७ वटा अवार्ड प्राप्त गर्ने एकमात्र प्रतियोगी हुन् । भरत ताप्लेजुङ निवासी हुन् । उनी कमेडियनका रुपमा मात्र नभई आरजे तथा टेक्निसियनका रुपमा पनि कार्यरत भईसकेका छन् । उनले लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ मा पनि अभिनय गरेका थिए । आफुलाई संघर्षशिल कलाकारका रुपमा चिनाउने भरत कलाकार बन्ने सपना बोकेर ताप्लेजुङदेखि काठमाडौँसम्म आईपुगेका थिए । मिमिक्री गर्न र व्यङ्ग्य गर्नमा माहिर भरतले आफुलाई अन्तराष्ट्रिय स्तरसम्म पनि चिनाउन सफल भएका छन् ।

कमेडी च्याम्पियन सिजन २ का फर्स्ट रनर अप बिक्की अग्रवाल सिक्किम निवासी हुन् । कमेडी च्याम्पियनका विकिपेडियाका नामले पनि चर्चा पाएका बिक्कीले ३ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका थिए । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउन सफल पहिलो प्रतियोगी पनि हुन् । फिल्म मेकिङमा पनि सक्रिय रहेका बिक्की ५ वर्षदेखि हाँस्यव्यङ्ग्यकै क्षेत्रमा सक्रिय छन् । त्यस्तै सेकेण्ड रनर अप भएका सन्तोष थापा गोरखा निवासी हुन् । उनी विभिन्न सर्ट मुभी तथा कमेडी भिडियोहरुमा पनि अभिनय गर्छन् । कमेडी च्याम्पियनमा आउनुपूर्व उनी प्रहरी सेवामा पनि कार्यरत थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*