राजु केसी र मिना नेपालको कडा दोहोरी भिडन्त

१ आश्विन २०७८, शुक्रबार १२:०५
Featured Video Play Icon

मकवानपुर, १ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनलका लागि तेस्रो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार राजु केसी र डिला बिकसँग राजेन्द्र पाठक र मिना नेपालले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि एउटा प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा राजु र मिनाको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । सुरुमा मिनाले आफ्नो बाध्यता प्रस्तुत गर्छिन् । उनले आफु छोरी भएकोले शंका उपशंका झेल्नुपरेको र बुवा आमाले जात फाल्ने भयो भन्दै सम्झाउने गरेको बताउँछिन् ।

मीनाको बाध्यात्मक परिस्थिति बारे सुनेपछि राजु पनि आफ्नो बाध्यता बताउँछन् । प्रेममा परेका प्रेमि र प्रेमिकाको विषयमा गीत गाईरहेका मिना र राजुले दोहोरीबाटै आफ्नो दुखेसो पोखाउँछन् । मिनालाई माईतीबाट जातका विषयमा प्रश्न उठाएपछि राजु आफुलाई जातकै कारण दुःख भएको बताउँछन् ।
यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा चर्चित जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*