बुद्ध लामा र रचना रिमालको ‘जाले रुमाल’ मा चर्चित कलाकारहरुको अभिनय

३० भाद्र २०७८, बुधबार २१:४३

मकवानपुर, ३० भदौ । चर्चित गायक बुद्ध लामा र चर्चित गायिका रचना रिमालको आवाजमा ‘जाले रुमाल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बुद्ध लामाको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बुद्ध र रचनाको आवाजमा सजिएको गीतलाई अल्बिन थापा र अलेक लामाले लेखेका हुन् । बुद्धकै संगीत रहेको गीतलाई राहुल प्रधानले एरेञ्ज र मिक्सिङ मास्टरिङ गरेका हुन् । गीतमा रत्न विश्वकर्माले बाँसुरी, मनिष गन्दर्भले साराङ्गी र प्रिमाज स्याङ्तानले अकष्टिक गितारको संगीत भरेका छन् ।

डान्सिङ विथ द स्टार्स नेपालबाट चर्चामा आएका गायक बुद्ध लामा र कलाकार केबिका खत्रीको चर्चित ‘बुद्धिका जोडी’ फेरि एकपटक यो गीतको म्युजिक भिडियोमा सँगै देखिएका छन् । दर्शकहरुमाझ चर्चित यो लोकप्रिय जोडीको रोमान्टिक अभिनयलाई यो म्युजिक भिडियोमा पनि दर्शकहरुले रुचाएका छन् । म्युजिक भिडियोमा बुद्ध र केबिकासँगै डान्सिङ विथ द स्टार्स नेपालकै चर्चित जोडीहरु उमेश राई ‘फुलन्देकी आमा’ र प्रमोद भण्डारी तथा केशव थापा र सृष्टि केसी एक साथ देखिएका छन् ।

युवराज लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा प्रमोद, केशव र केबिकाको कोरियोग्राफी रहेको छ । लोमुस पौडेलले निर्देशनमा सघाएका छन् । सागर प्रधानको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा दिपक एम सिंहको गेष्ट रोल पनि रहेको छ । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*