रिता रावत र सविन आचार्यको ‘फुल्कै माया’ सार्वजनिक हुँदै

३० भाद्र २०७८, बुधबार १२:३३

मकवानपुर, ३० भदौ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ का चर्चित जोडी रिता रावत क्षेत्री र सविन आचार्यको नयाँ गीत ‘फुल्कै माया’ छिट्टै सार्वजनिक हुँदैछ । रिता र सविनले गीतको पोष्टर सार्वजनिक गर्दै गीत चाँडै रिलिज हुने जानकारी गराएका हुन् ।

गायिका रिता रावतकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक हुने यो गीतको म्युजिक भिडियोमा सविन र रिताको आवाजसँगै रोश्नी कार्की र गायक सविन आचार्यले अभिनय गरेका छन् । गायक तथा संगीतकार प्रकाश पराजुलीको संगीतमा तयार भएको गीतमा सविन आचार्यको शब्द र कथा रहेको छ ।

विश्वास नेपालको एरेञ्ज रहेको गीतलाई एचबिएन किस्मतले मिक्सिङ मास्टरिङ गरेका छन् । मौसम हिमालीको निर्देशन रहेको म्युजिक भिडियोका सिनेम्याटोग्राफर करण चैँसिर हुन् । म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । हेर्नुहोस् पोष्टर–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*