रुवाउने जोडी अस्मिता डल्लाकोटी र वसन्त विश्वकर्माले दोहोरी गाउँदा फेरि रुवाबासी

३० भाद्र २०७८, बुधबार ०८:२३
Featured Video Play Icon

मकवानपुर, ३० भदौ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा सर्वाधिक चर्चा पाएका गायिका अस्मिता डल्लाकोटी र गायक वसन्त विश्वकर्मा अहिले चर्चाको शिखरमा छन् । दोहोरी च्याम्पियनको एक्काईसौँ एपिसोडमा वसन्त र अस्मिताले दुई फरक टिमबाट दोहोरी भिडेका थिए । जीवन सिग्देलसँग जोडी बाँधेर दोहोरी भिडेकी अस्मिता र पवित्रा मगरसँग जोडी बाँधेर दोहोरी भिडेका वसन्तले दोहोरी गाएर नै सबै दर्शकहरुलाई रुवाएका थिए । शोमा सुटिङका क्रममा निर्णायक, दर्शक र अतिथिहरु समेत सबै रोएका थिए । तिनै अस्मिता र वसन्तको त्यस्तै पिडादायी दोहोरी सार्वजनिक भएको छ । चर्चित कार्यक्रम ‘देउराली’ मा यी दुई गायक गायिकाले दोहोरी च्याम्पियनमै प्रस्तुत गरेको विषयवस्तु र त्यसपछिको वेदनालाई समावेश गरेर दोहोरी गाएका छन् ।

दोहोरी च्याम्पियनमा उनीहरुले बाध्यतामा परेर छुट्टिएका प्रेमि र प्रेमिकाको बारेमा दोहोरी गाएका थिए । कुनै पनि हालतमा एक हुन नसकेको जोडीका रुपमा गीत गाउँदै गर्दा त्यस समयमा उनीहरुले सबैलाई रुवाएका थिए ।

त्यही एपिसोडका सिलसिलामा अन्त्य भएकै बिन्दुबाट देउरालीमा उनीहरुले दोहोरी गाएका छन् । उनीहरुको यो दोहोरी देउराली डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ जसलाई दर्शकहरुले रुचाएका छन् । उनीहरुले यस दोहोरीमा पनि वेदनाकै गाथाबाट दर्शकको मन छुन सफल भएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*