जीवन खोज्दै काठमाडौँ आएकी मिनाको बाटोमै कडा दोहोरी

२९ भाद्र २०७८, मंगलवार ०८:०३
Featured Video Play Icon

मकवानपुर, २९ भदौ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा शनिबार चर्चित गायक जीवन सिग्देल र चर्चित गायिका मिना बुढाथोकीकोबिचमा कडा दोहोरी भिडन्त पर्यो । करिब ५ वर्षदेखि गाउँ नफर्किएका प्रेमीलाई खोज्दै काठमाडौँमा पुगेकी प्रेमिकाले आफ्नो प्रेमीलाई भेटेपछिको आक्रोश र प्रेमका बारेमा दोहोरी केन्द्रित थियो ।

यो विषयमा जीवन र मिना निक्कै कडा रुपमा उत्रिएका थिए । वर्षौँपछि प्रेमीलाई भेटेकी मिनाले उनको मनको आक्रोश पोख्छिन् । गाउँबाट हिँडेपछि कुनै अत्तोपत्तो नभएको भन्दै उनले जीवनलाई दुखेसो पोख्छिन् । उनले शंका र उपशंकाले पनि जीवनलाई हेर्छिन् ।
यता आफ्नो प्रेमिका काठमाडौँमै भेट्न आएकोमा खुशी व्यक्त गर्छन् भने आफुप्रतिको अविश्वासप्रति दुखेसो व्यक्त गर्छन् । यसरी सुरु भएको दोहोरी भिडन्त अन्तसम्म पुग्दा निक्कै रोचक बनेको थियो । यो कडा दोहोरी भिडन्तलाई निर्णायकहरुले पनि निक्कै रुचाएका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*