अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीको घमासान दोहोरी

२९ भाद्र २०७८, मंगलवार ०७:४५
Featured Video Play Icon

मकवानपुर, २९ भदौ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा शनिबार चर्चित गायिका अस्मिता डल्लाकोटी र चर्चित गायक प्रकाश पराजुलीको कडा दोहोरी भिडन्त पर्यो । उनीहरुले दोहोरी भिडन्तका क्रममा बाध्यतामा परेका एक प्रेमी र प्रेमिकाको विषयमा दोहोरी भिडेका थिए । उनीहरुको प्रेमसम्बन्धका बारेमा आफन्तले थाहा पाएपछि घरबाट बाहिर निस्कन नपाएकी अस्मिता र उनलाई माया गर्ने प्रेमीको रुपमा प्रकाशले फोनमार्फत नै संवाद गर्नुपर्ने विषय उनीहरुलाई परेको थियो । त्यसक्रममा फोनबाट नै यी दुई प्रतियोगीहरुको कडा सवाल जवाफ भएको थियो ।

सुरुमा एकअर्कालाई आरोप प्रत्यारोपमा उत्रिएका उनीहरुको दोहोरी अन्ततिर गएर थप रोचक बनेको थियो । एकअर्काले आँट गर्न नसकेकोले आफुहरुको प्रेममा अहिले यस्तो अवस्था आएको भन्दै दुबैले एकअर्कालाई आरोप लगाएका थिए । अन्ततिर भने यी दुईले जस्तोसुकै अप्ठ्यारोमा परेता पनि एकअर्कालाई साथ दिनेतर्फ दोहोरी केन्द्रित गरेका थिए । उनीहरुको यो प्रस्तुतिलाई निर्णायकहरुले निक्कै मनपराएका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*