पुष्कल शर्मा र शंकर बिसीले मच्चाए धमाका

२८ भाद्र २०७८, सोमबार २१:३६
Featured Video Play Icon

मकवानपुर, २८ भदौ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा शनिबारको एपिसोड निक्कै रोचक रह्यो । दोहोरी भिडन्तमा भिडेका प्रतिस्पर्धीमात्र नभई शोमा अतिथिका रुपमा पुगेका चर्चित गायक तथा कलाकार पुष्कल शर्मा र चर्चित कलाकार शंकर बिसीले शोमा रौनकता थपेका थिए । विशेष गरी कारुणिक गीतहरु गाएर लाखौँ नेपालीको मनमुटुमा बस्न सफल गायक पुष्कल शर्माले शोमा पनि चर्चित गीतहरु गाएका थिए । उनले कमेन्ट समेत गीतमार्फत नै गरेका थिए ।

शोमा चर्चित कलाकार शंकर बिसी र प्रिती आलेको दोहोरी भिडन्तले थप तहल्का मच्चाएको थियो । काले र काली भन्दै सुरु भएको यो दोहोरी भिडन्तले शोको हाईट समेत बढाएको दर्शक श्रोताहरुले कमेन्ट गरेका छन् । शोमा यी लोकप्रिय कलाकारहरुको उपस्थितिले दर्शकहरुमा पनि उत्साह बढेको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*