सञ्जय लामा र रोश्ना लुङ्वाको ‘ज्यान मैच्याङ’ सार्वजनिक

२८ भाद्र २०७८, सोमबार १७:२९

मकवानपुर, २८ भदौ । गायक सञ्जय लामा र गायिका रोश्ना लुङ्वाको आवाजमा नयाँ तामाङ सेलो गीत ‘ज्यान मैच्याङ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो ‘जिग्मे मिडिया’ को अफिसियल युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक भएको हो ।

विश्व दोङको शब्द तथा संगीतमा तयार भएको गीतलाई नोर्बु शेर्पाले एरेञ्ज गरेका हुन् । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दिप स्टुडियोका दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा याङ्गी दोङ, मञ्जु श्रेष्ठ, अनुशा लामा, दिक्षा लामा, सविना लामा, अस्मिता माते, मुना लामा, रोश्नी लामा, मिठु लामा, विशन दोङ, रेहान लामा, पेम्फा लामा, सुनिल घतानी, आशिष सेवा, सरोज लामा, डेभिड लामा र सुवाश लामाले अभिनय गरेका छन् ।

मिथुन बिजी र विशन लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई भाईन भिमफेदीको कोरियोग्राफी रहेको छ । त्रिलोक लामाको छायाँकन रहेको म्युजिक भिडियोलाई सूर्य लामाले सम्पादन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*