तामाङ प्रेमगीत ‘तिङ्ला शेर’ सार्वजनिक

२७ भाद्र २०७८, आईतवार २१:१६

मकवानपुर, २७ भदौ । तामाङ भाषाको नयाँ प्रेमगीत ‘तिङ्ला शेर’ सार्वजनिक भएको छ । डम्फु मिडिया प्राईभेट लिमिटेडमको अफिसियल युट्युब च्यानलमार्फत गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा गायक प्रवेग दोङ र गायिका सुमिना लोको कर्णप्रिय आवाज समावेश छ । अजेश लामाको शब्द तथा जोगलाल लामाको संगीत र एरेञ्जमा गीत तयार भएको हो । सरगम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा तामाङ चलचित्र जगतका चर्चित नायक तथा निर्देशक अमिर दोङ र सम्झना तामाङले अभिनय गरेका छन् । बज्र ङेस्युरको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई भाईन भिमफेदीका मिथुन र विसनको निर्देशनमा तयार भएको हो । म्युजिक भिडियोलाई अजय गोलेले सम्पादन गरेका छन् । म्युजिक भिडियोका निर्माता मिन तामाङ हुन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*