रिता रावत र सविन आचार्य दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा

२७ भाद्र २०७८, आईतवार १४:००
Featured Video Play Icon

मकवानपुर, २७ भदौ । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा चर्चित प्रतियोगीहरु रिता रावत क्षेत्री र सविन आचार्य उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा प्रवेश गरेका छन् । उत्कृष्ट ८ को दोहोरी भिडन्तमा चर्चित प्रतियोगीहरु सरोज सिम्खडा र सिता घिमिरेसँग दोहोरी भिडेका रिता र सविन सर्वाधिक दर्शक भोट प्राप्त गर्दै सेमिफाईनलमा प्रवेश गरेका हुन् । रिता र सविन सेमिफाईनलमा प्रवेश गरेसँगै सरोज र सिता शोबाट बाहिरिएका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा पुगेका पहिलो जोडी हुन् सविन आचार्य र रिता रावत क्षेत्री । उनीहरुले उत्कृष्ट ८ को दोहोरी भिडन्तका क्रममा सरोज सिम्खडा र सिता घिमिरेसँग दोहोरी भिडेका थिए । यसअघि उत्कृष्ट १६ को दोहोरी भिडन्तमा सविनलाई दुई जना निर्णायकहरुले थ्री स्टार, निर्णायक चन्द्र शर्माले टु स्टार र निर्णायक सिता थापाले फो स्टार दिएका थिए । त्यस्तै रितालाई निर्णायक प्रजापति पराजुलीले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार दिएका थिए । त्यस्तै उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तमा निर्णायकहरुबाट ५६८ अंक प्राप्त गर्दै जम्मा १४ अंकले दोहोरी जितेका थिए ।

दोहोरी च्याम्पियनमा निर्णायकहरुबाट सर्वाधिक प्रशंसा पाएकी रिता रावत क्षेत्री चर्चित लोकदोहोरी गायिका हुन् । रिता दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ की हुन् । दोहोरी गायनमा लामो संघर्ष गरेकी रिता करिब ३ वर्षअघि मात्र काठमाडौँमा आएकी हुन् । काठमाडौँमा आएर दोहोरी साँझहरुमा दोहोरी गाउँदै अगाडि बढेकी उनले दोहोरी साँझमा गीत गाएरै जीवन धानिरहेकी छिन् । सांगितिक परिवारमा जन्मिएकी रिताकी ठूली दिदी र आमा दुबै जना गीत गाउनुहुन्छ । साईली छोरीका रुपमा जन्मिएकी रितालाई उनकी आमाले चर्चित गायिका बनेको हेर्ने चाहाना गरेकी छिन् । गरिब परिवारमा जन्मिएकी रिता धनभन्दा मन ठूलो हुन्छ भन्ने कुरामा विश्वास गर्छिन् ।

रितासँगै जोडी बाँधेर प्रतिस्पर्धा गरिरहेका सविन आचार्य पाँचथरका हुन् । दोहोरीको श्रोताका रुपमा आफुलाई चिनाउने सविन लोकदोहोरी क्षेत्रमा अब्बल छन् । सानैदेखि गायन क्षेत्रमा रुचि भएता पनि सविनले करिब ३ वर्ष अघिदेखि गायन क्षेत्रलाई व्यवसायिक क्षेत्रका रुपमा अंगालेका हुन् । १७–१८ दिन अघि मात्रै एपिण्डिक्सको अपरेशन गरेका उनी कमजोर स्वास्थ्य अवस्थाका बावजुद दोहोरी भिडन्तमा सहभागी भएका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*