गायक प्रकाश तामाङसहित ५ तामाङ गायकहरु क्वालिटि ईन्टरटेन्मेन्ट अवार्डको नोमिनेसनमा

२६ भाद्र २०७८, शनिबार २२:०४

मकवानपुर, २६ भदौ । चर्चित गायक तथा संगीतकार प्रकाश तामाङ तितुङसहित ५ जना गायकहरु ‘क्वालिटि ईन्टरटेन्मेन्ट अवार्ड २०७८’ मा उत्कृष्ट ५ को नोमिनेसनमा पर्न सफल भएका छन् । गायक तितुङ चर्चित तामाङ सेलो ‘क्याम्साङ गैरीला’ बाट ‘तामाङ गीतका गायक’ को क्याटगोरीतर्फ उत्कृष्ट ५ को नोमिनेसनमा परेका हुन् । उनले शुक्रबार काठमाडौँमा भएको कार्यक्रममा नोमिनेसन सर्टिफिकेट ग्रहण गरेका छन् ।

गायक प्रकाश तामाङ तितुङसँगै ‘बल्ल पो तामाङको’ बोलको गीतबाट आशिष लोप्चन, ‘आईमण्डाने’ बोलको गीतबाट धिरज गोले, ‘याम्बुला गुङ्ग्री’ बोलको गीतबाट पर्से तामाङ र ‘चिपोर ग्राम्बारी’ बोलको गीतबाट आरम्भ तामाङ उत्कृष्ट ५ को नोमिनेसनमा परेका छन् ।

डिसेम्बर ४, २०२० मा ताम्सालिङ टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘क्याम्साङ गैरीला’ सेलो गीतमा गायक प्रकाश तामाङ तितुङकै शब्द र संगीत रहेको छ । गीतमा प्रकाशसँगै गायिका जितु लोप्चनको आवाज रहेको छ । यो गीतलाई यो समाचार तयार पार्दाको समयमा १९ लाख ४३ हजारभन्दा बढी पटक हेरिएको छ । गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरु अभि लामा र अनिता गोलेका साथमा अशोक तामाङ वाईबा र पासाङ डोल्मा पाख्रिनले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोमा कलाकार अभि लामाकै कोरियोग्राफी र निर्देशन रहेको छ । जिग्मे मिडियोको पोष्ट प्रोडक्सनमा तयार भएको म्युजिक भिडियोलाई सूर्य लामाले छायाँकन र सम्पादन गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*