कसले जित्ला दोहोरी भिडन्त ?

२६ भाद्र २०७८, शनिबार २०:०५
Featured Video Play Icon

मकवानपुर, २६ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ का लागि दोस्रो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । दोस्रो दोहोरी भिडन्तमा प्रकाश पराजुली र मिना बुढाथोकीसँग जीवन सिग्देल र अस्मिता डल्लाकोटीले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका तेस्रो जोडी हुन् प्रकाश पराजुली र मिना बुढाथोकी । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा दिलिप थापा र संगिना थापाको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा प्रकाशलाई निर्णायक चन्द्र शर्माले थ्री स्टार र बाँकी ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै मिनालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६८ अंक प्राप्त गर्दै ७ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका र मीना दाङकी हुन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका चौथो जोडी हुन् अस्मिता डल्लाकोटी र जीवन सिग्देल । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा प्रतियोगिताका अर्का चर्चित टिम पवित्रा मगर र वसन्त बिकको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा अस्मितालाई निर्णायक रमेश बिजीले फाईभ स्टार र अन्य निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । त्यस्तै जीवनलाई सबै निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । यसअघि उनीहरु वाईल्ड कार्डमार्फत उत्कृष्ट १६ मा प्रवेश गरेका थिए । उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा निर्णायकहरुबाट जम्मा ४६० अंक प्राप्त गर्दै ०.५ अंकको झिनो अन्तरमा हार व्यहोरोका थिए । यो दोहोरी च्याम्पियनकै सर्वाधिक कम अन्तरमा हारजीत भएको दोहोरी भिडन्त थियो । फिजिकल अडिसनदेखि नै निक्कै चर्चामा रहेका अस्मिता र जीवन लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चर्चित दोहोरी गायक गायिका पनि हुन् । अस्मिता धादिङकी र जीवन स्यिाङ्जाका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*