शंकर बिसी र प्रिती आलेको कडा दोहोरी भिडन्त

२६ भाद्र २०७८, शनिबार १८:२४
Featured Video Play Icon

मकवानपुर, २६ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ को दोस्रो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार प्रतिस्पर्धी कलाकारहरुबिच मात्र नभई अतिथि कलाकारहरुले पनि दोहोरी भिडेर तहल्का मच्चाउँदैछन् । यो साता शोमा चर्चित कलाकारहरु शंकर बिसी र पुष्कल शर्मा अतिथिका रुपमा आउँदैछन् । दोहोरी च्याम्पियन टिमले पछिल्लो पटक सार्वजनिक गरेको प्रोमो अनुसार शोमा कलाकार शंकर बिसी र शोकी प्रस्तोता तथा चर्चित गायिका प्रिती आलेबिच कडा दोहोरी भिडन्त हुँदैछ । सुरुमा शंकरले प्रितिलाई आफुलाई काले भनेको भन्दै उनलाई पनि घुमाउरो तरिकाले काली भनेर व्यङ्ग्य गरेका छन् ।

शंकरको घुमारो प्रहारलाई प्रितिले थप रोचक बनाएकी छिन् । उनले शंकरलाई अझै जिस्काउँदै झनै काले भएको बताउँछिन् । यी दुई कलाकारहरुको दोहोरी भिडन्तमा निर्णायक र दर्शकहरुको हाँसोको फोहोरा गुञ्जीएको छ ।

शनिबार प्रकाश पराजुली र मिना बुढाथोकीसँग अस्मिता डल्लाकोटी र जीवन सिग्देलले दोहोरी भिड्दैछन् । उनीहरुबिचको कडा दोहोरीकाबिच अतिथि कलाकारहरुको दोहोरीले थप रौनकता थपिएको देख्न सकिन्छ । यी दुई कलाकारहरु बहुमुखी प्रतिभाका धनी भएकाले पनि शो थप रोचक हुने देखिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*