अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीको कडा दोहोरी भिडन्त

२५ भाद्र २०७८, शुक्रबार ०७:४५
Featured Video Play Icon

मकवानपुर, २५ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनलका लागि दोस्रो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार प्रकाश पराजुली र मिना बुढाथोकीसँग अस्मिता डल्लाकोटी र जीवन सिग्देलले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि एउटा प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा प्रकाश र अस्मिताको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । सुरुमा अस्मिताले प्रकाशलाई आफ्नो बाध्यता प्रस्तुत गर्छिन् । उनले आफु छोरी भएकोले घरको पनि ख्याल गर्नुपर्ने र बुवाको आज्ञा पनि मान्नुपर्नेमा जोड दिन्छिन् ।

अस्मिताको बाध्यात्मक परिस्थिति बारे प्रकाशले कडा प्रहार गर्छन् । बुवाभन्दा पनि आफुलाई प्यारो भन्ने गरेको किस्सा निकाल्दै उनले अस्मितालाई दोष थोपर्छन्् । बिगतका बारेमा छलफल भएको जस्तो देखिने यो दोहोरी भिडन्तमा प्रकाश र अस्मिताको निक्कै चर्चा चलिरहेको छ । उत्कृष्ट टुक्का प्रहार गर्न सिपालु यी दुबै प्रतिस्पर्धीहरुमध्ये कसले बाजी मार्ला भनेर यसै भन्न सकिँदैन ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा चर्चित जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*