तामाङ चलचित्र ‘तिङ्ला नाङ्साल’ को ट्रेलर यस्तो बन्यो

२४ भाद्र २०७८, बिहीबार २२:३३

मकवानपुर, २४ भदौ । तामाङ भाषाको नयाँ चलचित्र ‘तिङ्ला नाङ्साल’ को ट्रेलर सार्वजनिक भएको छ । चर्चित निर्देशक निमा लामा तामाङको निर्देशनमा तयार भएको चलचित्रमा तामाङ समुदायको सामाजिक कथाका साथै प्रेमकथालाई समावेश गरिएको छ । तामाङ भाषाको चलचित्र निर्देशनमा निर्देशक लामाको यो नवौँ प्रस्तुति हो । वर्कशप तथा गीत रेकर्डिङको समयदेखि नै चर्चामा रहेको चलचित्रको ट्रेलर एक्सन र प्रेमले भरिएको छ ।

जिम्बा फिल्म प्रोडक्सन तथा सर्लाही समूहको आठौँ प्रस्तुतिका रुपमा तयार भएको यस चलचित्रलाई सानु बोम्जन र मिनकुमार वाईबाले निर्माण गरेका हुन् । चलचित्रमा कृष्ण लामा, सुसन वाईबा, अनिता बोम्जन, अबिना गोले, कृष्मा वाईबा, सुनलाल वाईबा, सुसन लामा, बिनिता थिङ, सोनु वाईबा, कान्छामान वाईबा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । विश्वास भण्डारीको छायाँकन तथा बज्र ङ्यासुरको सम्पादनमा तयार भएको चलचित्रमा निर्देशक लामाकै कोरियोग्राफी रहेको छ । चलचित्रमा सुरज श्रेष्ठको द्वन्द निर्देशन रहेको छ ।

चलचित्रको कथा तथा गीतका शब्दहरु नायक कृष्ण लामाले नै लेखेका हुन् । चलचित्रका गीतहरुमा निर्देशक निमा लामा तामाङ र गायक तथा संगीतकार शुभ तामाङले संगीत भरेका छन् । चलचित्रका गीतहरुमा विशाल काल्तान, शुभ तामाङ, बबिता पाख्रिन र जीतु लोप्चनको आवाज सुन्न सकिन्छ । आरोही क्रियशनमा रेकर्ड गरिएका गीतहरुलाई बाबु गिरीले एरेञ्ज गरेका छन् । चलचत्रिको पब्लिसिटी डिजाईन सूर्य लामाले गरेका हुन् । हेर्नुहोस् ट्रेलर–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*