तामाङ गीत ‘तिङ मी ढुकढुक’ ७ लाख भ्यूजको नजिक

२३ भाद्र २०७८, बुधबार १३:४३

मकवानपुर, २३ भदौ । तामाङ भाषाको चर्चित चलचित्र ‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतको भ्यूज युट्युबमा करिब ७ लाख पुगेको छ । यो समाचार तयार पार्दासम्म यो गीतलाई ६ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बोले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ । चलचित्रमा अमृत लामा र नायक सागर घिसिङको कथा छ ।

चलचित्रमा सागर घिसिङ, सुकुमाया मोक्तान, शम्भु घिसिङ, विकास स्याङतान, सुष्मा मोक्तान,सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।
तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्म्स् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको संस्कृति,सामाजिक जीवन यापनका र सामासाहिक विषय बस्तुमा आधारित कथालाई चलचित्रमा उतारेको छ । यो चलचित्रलाई तामाङ चलचित्रको क्षेत्रमा एक नयाँ प्रयोगका रुपमा समेत हेरिएको थियो ।

तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका हुन् । चलचित्रको निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन विक्रम लामा र सम्पादन बज्र ङ्यासुरले गरेका छन् । हेर्नुहोस् गीतको म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published.


*