तामाङ गीत ‘मायाला कसम’ सार्वजनिक

२१ भाद्र २०७८, सोमबार २१:३९

मकवानपुर, २१ भदौ । तामाङ भाषाको नयाँ प्रेम गीत ‘मायाला कसम’ सार्वजनिक भएको छ । डम्फु मिडिया प्राईभेट लिमिटेडको अफिसियल युट्युब च्यानलमार्फत गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको हो ।

चर्चित गायक विशाल काल्तान र चर्तित गायिका जितु लोप्चनको आवाजमा तयार भएको गीतमा गायक विशाल काल्तानकै शब्द र संगीत रहेको छ । गीत उर्गेन दोङको एरेञ्ज तथा दिपेश प्रधानको मिक्सिङमा तयार भएको हो ।

गीतको म्युजिक भिडियोमा चर्चित नायक अमिर दोङका साथमा मिङमार लामाले अभिनय गरेकी छिन् । नायक दोङकै निर्देशन रहेको म्युजिक भिडियो राजु तामाङको कथा तथा सम्पादनमा तयार भएको हो । म्युजिक भिडियोको छायाँङ्कन सुमन तामाङले गरेका छन् । म्युजिक भिडियोमा रोनिश तामाङको ड्रोन छायाँङ्कन पनि समावेश छ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*