तामाङ सेलो ‘परदेशी चेली’ सार्वजनिक

२१ भाद्र २०७८, सोमबार २१:१३

मकवानपुर, २१ भदौ । कुमारी ग्लान तामाङको पहिलो प्रस्तुतिमा तामाङ सेलो गीत ‘परदेशी चेली’ सार्वजनिक भएको छ । जिग्मे मिडियाको अफिसियल युट्युब मार्फत गीतको अफिसियल अडियो भर्सन सार्वजनिक भएको हो । गीतमा गायक जोगलाल लामा र गायिका सुमिना लोको आवाज रहेको छ ।

युवराज लामा योञ्जनको शब्द तथा अमृत लामाको संगीतमा तयार भएको गीतलाई जोगलाल लामाले एरेञ्ज गरेका हुन् । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतका रेकर्डिष्ट अर्पण थिङ हुन् । गीतलाई दिप स्टुडियोका दिपेश प्रधानले मिक्सिङ गरेका छन् । हेर्नुहोस् गीतको भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*