दोहोरी च्याम्पियनका उत्कृष्ट ८ जोडीहरु

२१ भाद्र २०७८, सोमबार ०७:५४
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २१ भदौ । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा उत्कृष्ट ८ जोडीहरु छानिएका छन् । वाईल्ड कार्डबाट प्रवेश भएका ४ जोडीहरुसहितको उत्कृष्ट १६ जोडी प्रतियोगीहरुको दोहोरी भिडन्तपछि विजयी भएका जोडीहरु उत्कृष्ट ८ का लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा दोहोरी च्याम्पियनका उत्कृष्ट ८ जोडीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । दोहोरी च्याम्पियन सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

१) सरोज सिम्खडा र सिता घिमिरे–दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका पहिलो जोडी हुन् सरोज सिम्खडा र सिता घिमिरे । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा जालुमाया गुरुङ र प्रितम पोखरेलको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा सितालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै सरोजलाई निर्णायक सिता थापाले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । यसअघि उनीहरुले उत्कृष्ट २४ को क्रममा निर्णायकबाट जम्मा ५७५.५ अंक प्राप्त गर्दै ३ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए ।

२) सविन आचार्य र रिता रावत क्षेत्री–दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका दोस्रो जोडी हुन् सविन आचार्य र रिता रावत क्षेत्री । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा टेकराज भण्डारी र तारा थापाको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा सविनलाई निर्णायक चन्द्र शर्माले टु स्टार, निर्णायक रमेश बिजी र प्रजापति पराजुलीले थ्री स्टार तथा सिता थापाले फो स्टार दिएका थिए । त्यस्तै रिता रावत क्षेत्रीलाई निर्णायक प्रजापति पराजुलीले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार दिएका थिए । यसअघि उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तमा निर्णायकहरुबाट ५६८ अंक प्राप्त गर्दै जम्मा १४ अंकले दोहोरी जितेका थिए ।

३) प्रकाश पराजुली र मिना बुढाथोकी–दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका तेस्रो जोडी हुन् प्रकाश पराजुली र मिना बुढाथोकी । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा दिलिप थापा र संगिना थापाको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा प्रकाशलाई निर्णायक चन्द्र शर्माले थ्री स्टार र बाँकी ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै मिनालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६८ अंक प्राप्त गर्दै ७ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् ।

४) अस्मिता डल्लाकोटी र जीवन सिग्देल–दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका चौथो जोडी हुन् अस्मिता डल्लाकोटी र जीवन सिग्देल । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा प्रतियोगिताका अर्का चर्चित टिम पवित्रा मगर र वसन्त बिकको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा अस्मितालाई निर्णायक रमेश बिजीले फाईभ स्टार र अन्य निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । त्यस्तै जीवनलाई सबै निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । यसअघि उनीहरु वाईल्ड कार्डमार्फत उत्कृष्ट १६ मा प्रवेश गरेका थिए । उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा निर्णायकहरुबाट जम्मा ४६० अंक प्राप्त गर्दै ०.५ अंकको झिनो अन्तरमा हार व्यहोरोका थिए । यो दोहोरी च्याम्पियनकै सर्वाधिक कम अन्तरमा हारजीत भएको दोहोरी भिडन्त थियो । फिजिकल अडिसनदेखि नै निक्कै चर्चामा रहेका अस्मिता र जीवन लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चर्चित दोहोरी गायक गायिका पनि हुन् ।

५) राजु केसी र डिला बिक–दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका पाँचौँ जोडी हुन् राजु केसी र डिला बिक । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा चर्चित जोडी बबिता बानियाँ जेरी र शंकर क्षेत्रीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा राजुलाई निर्णायक रमेश बिजी र चन्द्र शर्माले फाईभ–फाईभ स्टार प्रदान गरेका थिए । त्यस्तै उनलाई निर्णायक प्रजापति पराजुलीले फो स्टार र सिता थापाले थ्री स्टार प्रदान गरेका थिए । डिलालाई निर्णायक चन्द्र शर्माले फो स्टार र अन्य निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । उनीहरुले निर्णायकहरुको मत र दर्शक भोटका आधारमा जित हासिल गरेका हुन् । उनीहरुले यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तमा निर्णायकहरुबाट ५८४.५ अंक प्राप्त गर्दै १६.५ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । यो उत्कृष्ट २४ को क्रममा सर्वाधिक बढी अंकका आधारमा हारजित भएको दोहोरी भिडन्त थियो ।

६) राजेन्द्र पाठक र मिना नेपाल– दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका छैटौँ जोडी हुन् राजेन्द्र पाठक र मिना नेपाल । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा चर्चित जोडी प्रदिप रोका र कल्पना दाहालसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा राजेन्द्रलाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए भने मिनालाई दुई जना निर्णायकहरुले थ्री स्टार र दुई जना निर्णायकहरुले फो स्टार दिएका थिए । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ५९९ अंक प्राप्त गर्दै ५ अंकले हार व्यहोरेका थिए । तर उनीहरु वाईल्ड कार्डमार्फत पून शोमा प्रवेश गरेका थिए । वाईल्ड कार्डमार्फत प्रवेश गरेका उनीहरुले दोहोरी भिडन्त जित्दै उत्कृष्ट ८ को यात्रा नै तय गर्न सफल भएका छन् । फिजिकल अडिसनदेखि नै चर्चामा रहेका मिना र राजेन्द्र लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चिनिएका गायक तथा गायिका पनि हुन् ।

७) सपना रोका र विजय बानियाँ– दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका सातौँ जोडी हुन् विजय बानियाँ र सपना रोका । उत्कृष्ट १६ मा उनीहरुले चर्चित जोडी बिमाकुमारी अनुरागी र सुरेन्द्र मगरसँग दोहोरी भिडेका थिए । दोहोरी भिडन्तमा सपनालाई दुई निर्णायकले फो स्टार र अर्का दुई निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । विजयलाई एक जना निर्णायकले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । उनीहरु निर्णायक मत र दर्शक भोटका आधारमा उत्कृष्ट ८ मा पुगेका हुन् । यसअघि उत्कृष्ट २४ को क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६९.५ अंक प्राप्त गर्दै ९.५ अंकको अन्तरमा जीत हासिल गरेका थिए । फिजिकल अडिसनदेखि नै मिलेको जोडीका रुपमा चर्चामा आएका विजय र सपना गायक गायिकाकै रुपमा परिचय बनाईसकेका प्रतियोगीहरु हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् ।

८) बालचन्द्र बराल र शोभा कार्की– दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका आठौँ जोडी हुन् बालचन्द्र बराल र शोभा कार्की । उत्कृष्ट १६ मा उनीहरुले चर्चित जोडी चिज गुरुङ र देवी आलेसँग दोहोरी भिडेका थिए । दोहोरी भिडन्तमा बालचन्द्रले सबै निर्णायकहरुबाट फो स्टार प्राप्त गरेका थिए भने शोभाले दुई जना निर्णायकबाट फो स्टार र दुई जनाबाट थ्री स्टार प्राप्त गरेका थिए । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ६०४ अंक प्राप्त गर्दै ५ अंकको अन्तरमा जित हासिल गरेका थिए । बालचन्द्र र शोभा लाईभ दोहोरीमा चर्चामा रहेका नाम हुन् । उनीहरु परिचित गायक गायिका समेत हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*