कसले जित्ला दोहोरी भिडन्त ?

१९ भाद्र २०७८, शनिबार १८:२६
Featured Video Play Icon

मकवानपुर, १९ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ का लागि पहिलो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । पहिलो दोहोरी भिडन्तमा सरोज सिम्खडा र सिता घिमिरेसँग सविन आचार्य र रिता रावत क्षेत्रीले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका पहिलो जोडी हुन् सरोज सिम्खडा र सिता घिमिरे । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा जालुमाया गुरुङ र प्रितम पोखरेलको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा सितालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै सरोजलाई निर्णायक सिता थापाले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । निर्णायकको गोप्य मत र दर्शक भोटका आधारमा उनीहरुले यो राउण्ड जितेका थिए । यसअघि उनीहरुले उत्कृष्ट २४ को क्रममा निर्णायकबाट जम्मा ५७५.५ अंक प्राप्त गर्दै ३ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । सरोज धादिङका र सिता पाल्पाकी हुन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका दोस्रो जोडी हुन् सविन आचार्य र रिता रावत क्षेत्री । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा टेकराज भण्डारी र तारा थापाको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा सविनलाई निर्णायक चन्द्र शर्माले टु स्टार, निर्णायक रमेश बिजी र प्रजापति पराजुलीले थ्री स्टार तथा सिता थापाले फो स्टार दिएका थिए । त्यस्तै रिता रावत क्षेत्रीलाई निर्णायक प्रजापति पराजुलीले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार दिएका थिए । उनीहरुले निर्णायकको गोप्य मत र दर्शक भोटका आधारमा उत्कृष्ट १६ को राउण्ड जितेका थिए । यसअघि उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तमा निर्णायकहरुबाट ५६८ अंक प्राप्त गर्दै जम्मा १४ अंकले दोहोरी जितेका थिए । रिता दाङकी र सविन पाँचथरका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*