दोहोरी च्याम्पियनमा यो साता यस्तो धमाका

१९ भाद्र २०७८, शनिबार १५:२९
Featured Video Play Icon

मकवानपुर, १९ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ को पहिलो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार सरोज सिम्खडा र सिता घिमिरेसँग सविन आचार्य र रिता रावत क्षेत्रीले दोहोरी भिड्दैछन् । यो साता दोहोरी च्याम्पियनमा दोहोरी भिडन्तमात्र नभई अतिथि कलाकारहरुले पनि तहल्का मच्चाउँदैछन् । यो साता शोमा ३ जना चर्चित गायिकाहरु अतिथिका रुपमा सहभागी हुँदैछन् । उनीहरुले दोहोरी गाएर शोमा तहल्का मच्चाउँदैछन् ।

अतिथि कलाकारसँगै हुने रमाईलोकाबिच यो साता उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा पुग्नका लागि दुई टिमबिच कडा दोहोरी भिडन्त हुने यसअघिको प्रोमोले पनि देखाईसकेको छ । प्रोमोमा सरोज र रिताको दमदार दोहोरी भिडन्त समावेश गरिएको थियो । यो दोहोरी प्रोमोकै आधारमा सरोज र रिताको दोहोरीका विषयमा दर्शक श्रोताहरुले रमाईलो कमेन्टहरु गरेका छन् । उनीहरुमध्ये कुन टिम अगाडि बढ्ला भनेर पनि दर्शकहरु जान्न उत्सुक छन् । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् ।

त्यस्तै यो साता नै उत्कृष्ट ८ का लागि आठौँ अर्थात अन्तिम जोडीको घोषणा हुँदैछ । गत साता भएको आठौँ दोहोरी भिडन्तमा चिज गुरुङ र देवी आलेसँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिडन्त गरेका थिए । दुबै टिमले निर्णायकहरुबाट प्रशंसा पाएका थिए । स्टारहरुका आधारमा चिजलाई निर्णायकहरुले सर्वाधिक रुचाएका थिए । उनीहरुलाई निर्णायकले दिएको गोप्य अंक र दर्शक भोटका आधारमा यो साता एक जोडी उत्कृष्ट ८ का लागि छानिनेछन् । यी विभिन्न प्रस्तुतिहरुका कारण यो साता दोहोरी च्याम्पियन एक धमाकेदार एपिसोड बन्ने देखिएको छ । दर्शकहरु पनि यो साताको दोहोरी च्याम्पियनको छब्बिसौँ एपिसोडको प्रतिक्षा गरिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*