सरोज सिंखडा र रिता रावत क्षेत्रीको कडा दोहोरी भिडन्त

१९ भाद्र २०७८, शनिबार १५:२४
Featured Video Play Icon

मकवानपुर, १९ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनलका लागि पहिलो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार सरोज सिम्खडा र सिता घिमिरेसँग सविन आचार्य र रिता रावत क्षेत्रीले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि एउटा प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा सरोज र रिताको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । सुरुमा सरारेजले दोहोरी जितेमा रितालाई तानेर घर लाने कुरा गर्छन् ।

सरोजको कडा प्रहारमा रिताले पनि दमदार जवाफ दिन्छिन् । उनले आफु कुनै पनि हालतमा नहार्ने भन्दै आफुले जितेपछि सरोजलाई घरज्वाई नै राखिदिने बताउँछिन् । उनीहरुबिचको कडा दोहोरी भिडन्तमा अतिथि कलाकारहरुका साथै सहभागी र निर्णायकहरुले समेत हाँसो रोक्न सकेको देखिँदैन । उनीहरु दुईको कडा दोहोरी भिडन्तको चर्चा यतिखेर चुलिएको छ ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । सरोज र रिता दोहोरी च्याम्पियनबाट चर्चाको शिखरमा पुगेकाहरुमध्ये एक हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*