कमेडी च्याम्पियनका उत्कृष्ट ३ फाईनालिष्टहरु

१९ भाद्र २०७८, शनिबार १५:१८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १९ भदौ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट ३ फाईनालिष्टहरु छानिएका छन् । उत्कृष्ट ४ अर्थात सेमिफाईनलसम्म पुगेका चर्चित प्रतियोगी हिक्मत महरा शोबाट बाहिरिएपटि अन्तिम ३ फाईनालिष्टहरु छानिएका हुन् । यसअघि नै पफोमर अफ द राउण्ड अवार्ड जितेर भरतमणि पौडेल फाईनलमा पुगिसकेका थिए । फाईनलमा पुगेका अन्य प्रतियोगीहरुमा बिक्की अग्रवाल र सन्तोष थापा रहेका छन् । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ३ फाईनालिष्हरुका बारेमा छोटो चर्चा गरिएको छ ।

१) भरतमणि पौडेल– कमेडी च्याम्पियन सिजन २ को फाईनलमा पुगेका पहिलो प्रतियोगी हुन् भरतमणि पौडेल । भरतले ७ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । उनले उत्कृष्ट २४, उत्कृष्ट १५, उत्कृष्ट ९, उत्कृष्ट ८, उत्कृष्ट ७, वाईल्ड कार्ड राउण्डपश्चात भएको उत्कृष्ट ६ र उत्कृष्ट ४ को प्रस्तुतिमा पफोमर अफ द राउण्ड अवार्ड जितेका हुन् । उनी यस सिजनमा सर्वाधिक ७ वटा अवार्ड प्राप्त गर्ने एकमात्र प्रतियोगी हुन् ।

कमेडी च्याम्पियनमा तहल्का मच्चाईरहेका भरत ताप्लेजुङ निवासी हुन् । उनी कमेडियनका रुपमा मात्र नभई आरजे तथा टेक्निसियनका रुपमा पनि कार्यरत भईसकेका छन् । उनले लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ मा पनि अभिनय गरेका थिए । आफुलाई संघर्षशिल कलाकारका रुपमा चिनाउने भरत कलाकार बन्ने सपना बोकेर ताप्लेजुङदेखि काठमाडौँसम्म आईपुगेका थिए । मिमिक्री गर्न र व्यङ्ग्य गर्नमा माहिर भरतले आफुलाई अन्तराष्ट्रिय स्तरसम्म पनि चिनाउन सफल भएका छन् ।

२) बिक्की अग्रवाल–कमेडी च्याम्पियन सिजन २ को फाईनलमा पुगेका दोस्रो प्रतियोगी हुन् बिक्की अग्रवाल । कमेडी च्याम्पियनका विकिपेडियाका नामले पनि चर्चा पाएका बिक्कीले ३ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । उनले उत्कृष्ट १५ को प्रस्तुतिका क्रममा, वाईल्ड कार्ड राउण्डपछि उत्कृष्ट ७ को प्रस्तुतिका क्रममा र उत्कृष्ट ५ को प्रस्तुतिपछि पफोमर अफ द राउण्ड अवार्ड जितेका थिए ।

उनी सिक्किम निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउन सफल पहिलो प्रतियोगी पनि हुन् । उनी फिल्म मेकिङमा पनि सक्रिय छन् । उनी एक चर्चित युट्युबर समेत हुन् । उनको कमिक टाईमिङ र समय सापेक्ष अर्गानिक कन्टेटलाई निर्णायकहरुले मनपराएका छन् । सिक्किममा धेरै स्टेज शो गरिसेकका बिक्की सिक्किममा मात्र नभई अहिले नेपालमा पनि चर्चामा छन् । ५ वर्षदेखि हाँस्यव्यङ्ग्यकै क्षेत्रमा लेखन, निर्माण तथा कलाकारका रुपमा कार्य गरिरहेका बिक्की दर्शकहरुको रोजाईमा पर्न सफल भएका छन् ।

३) सन्तोष थापा– कमेडी च्याम्पियन सिजन २ को फाईनलमा पुगेका तेस्रो प्रतियोगी हुन् सन्तोष थापा । उनी गोरखा निवासी हुन् । उनी विभिन्न सर्ट मुभी तथा कमेडी भिडियोहरुमा पनि अभिनय गर्छन् । उनी जनपद प्रहरी पनि हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*