शिव हमाल र मञ्जु पौडेलसँग बद्री पंगेनी र प्रिती आलेको कडा दोहोरी भिडन्त

१५ भाद्र २०७८, मंगलवार ०६:५३
Featured Video Play Icon

मकवानपुर, १५ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा चर्चित कलाकार शिव हमाल र तथा चर्चित गायिका मञ्जु पौडेलसँग कार्यक्रम संचालक एवम् चर्चित गायक बद्री पंगेनी र चर्चित गायिका प्रिती आलेको कडा दोहोरी भिडन्त भएको छ । अतिथिका रुपमा पुगेका शिव र मञ्जुसँग सुरुमा गायक बद्र पंगेनीले दोहोरी भिडन्त सुरु गरेका थिए ।

रोमान्टिक मुडमा देखिएका बद्री र मञ्जुको दोहोरी भिडन्त निक्कै रोचक देखिएको थियो । उनीहरुले निक्कै बेर दोहोरी भिडेका थिए । बद्रीले मञ्जुलाई फूलको रुपमा ब्याख्या गरेका थिए । मञ्जु र बद्रको दोहोरी भिडन्तपछि कलाकार शिव हमाल र गायिका प्रिती आलेको दोहोरी भिडन्त परेको थियो । सुरुमा शिवले प्रितीलाई रोमान्टिक टुक्का प्रहार गरेका थिए ।

यो दोहोरीको सुरुवातसँगै प्रितीले शिवको सवालमा सटिक जवाफ दिएकी थिईन् । उनीहरुबिचको दोहोरी भिडन्त पनि निक्कै रोचक भएको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*