चिज गुरुङले दोहोरी च्याम्पियनमा राखे यति ठूलो नयाँ रेकर्ड

१४ भाद्र २०७८, सोमबार १७:२७
Featured Video Play Icon

मकवानपुर, १४ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा गायक चिज गुरुङले नयाँ रेकर्ड राखेका छन् । उनले दोहोरी च्याम्पियनकै ईतिहासमा पहिलो पटक ३ जना निर्णायकहरुबाट फाईभ–फाईभ स्टार प्राप्त गरेका छन् । यसअघि सुरुमा वसन्त बिक र अस्मिता डिसी तथा बिमाकुमारी अनुरागीले एक जना निर्णायकबाट फाईभ स्टार प्राप्त गरेका थिए । तर चिजले यो पटक तहल्का मच्चाएका छन् । चिजलाई निर्णायक सिता थापाले फो स्टार र अन्य तिनै जना निर्णायकहरुले फाईभ स्टार प्रदान गरेका थिए । दोहोरी च्याम्पियनको ईतिहासमै ३ जना निर्णायकहरुले फाईभ स्टार दिएको यो पहिलो घटना हो ।

अडिसन राउण्डदेखि नै चर्चामा रहेका चिजले शनिबार गायिका शोभा कार्कीसँग कडा दोहोरी भिडन्त गरेका थिए । काठमाडौँदेखि पोखरासम्मको यात्रामा निस्केका २ अपरिचितहरुले संगै यात्रा गर्दाको विषयलाई परिकल्पना गरेर गाइएको उक्त दोहोरीमा शोभा र चिजको निक्कै राम्रा टुक्काहरु प्रस्तुत भएको थियो । चिजले प्रस्तुत गरेका टुक्काहरुले विशेष गरी सबैको मन छोएको थियो । चिजलाई अतिथि कलाकार र निर्णायकहरुले खुलेर प्रशंसा गरेका थिए । उनलाई अतिथि कलाकार शिव हमालले स्यालुट समेत गरेका थिए ।

गायक चिज गुरुङ गोरखा निवासी हुन् । सानैदेखि गीतसँगीतमा रुचि राख्ने गरेका चिज ठूलो भएर पनि गीत सँगीतकै क्षेत्रमा लाग्ने चाहाना राख्ने गर्थे । उनको चाहानाले नै उनलाई संगीत क्षेत्रमा डोराएको थियो । वि.सं. २०६५ सालमा एसएलसी सकिएपछि काठमाडौँमा आएका चिजले संगीतलाई आफ्नो करियर बनाएका छन् । उनी आफैले रोजेको क्षेत्रमा लाग्न पाउँदा खुशी लागेको बताउँछन् । उनी गायिका देवी आलेसँग मिलेर दोहोरी च्याम्पियनमा भिडिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*