भरतमणि पौडेल सिधै फाईनलमा

१४ भाद्र २०७८, सोमबार १७:०५
Featured Video Play Icon

मकवानपुर, १४ भदौ । कमेडी च्याम्पियन सिजन २ का चर्चित प्रतियोगी भरतमणि पौडेल सिजन २ को फाईनलमा पुग्ने पहिलो प्रतियोगी बनेका छन् । उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा पूर्व युवराज पारस शाहको गेटअप र लवजमा दमदार कमेडी गरेपछि उनी फाईनलका लागि छानिएका हुन् । उनी उक्त प्रस्तुतिपश्चात पफोमर अफ द राउण्ड अवार्ड जित्दै अन्तिम ३ मा प्रवेश गरेका हुन् ।

भरतले पूर्वयुवराजको क्यारिकेचर गर्दै नेपालको राजनीतिदेखि युट्युबरसम्मलाई व्यङ्ग्य गरेका थिए । भरतले फाईनलमा प्रवेश गरेसँगै ७ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । उनले उत्कृष्ट २४, उत्कृष्ट १५, उत्कृष्ट ९, उत्कृष्ट ८, उत्कृष्ट ७, वाईल्ड कार्ड राउण्डपश्चात भएको उत्कृष्ट ६ र उत्कृष्ट ४ को प्रस्तुतिमा पफोमर अफ द राउण्ड अवार्ड जितेका हुन् । उनी यस सिजनमा सर्वाधिक ७ वटा अवार्ड प्राप्त गर्ने एकमात्र प्रतियोगी हुन् ।

कमेडी च्याम्पियन सिजन २ का उपाधी दाबेदार मध्येका एक भरत ताप्लेजुङ निवासी हुन् । उनी कमेडियनका रुपमा मात्र नभई आरजे तथा टेक्निसियनका रुपमा पनि कार्यरत भईसकेका छन् । उनले लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ मा पनि अभिनय गरेका थिए । आफुलाई संघर्षशिल कलाकारका रुपमा चिनाउने भरत कलाकार बन्ने सपना बोकेर ताप्लेजुङदेखि काठमाडौँसम्म आईपुगेका थिए । मिमिक्री गर्न र व्यङ्ग्य गर्नमा माहिर भरतले आफुलाई अन्तराष्ट्रिय स्तरसम्म पनि चिनाउन सफल भएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*