सपना रोका र विजय बानियाँले जिते दोहोरी भिडन्त

१४ भाद्र २०७८, सोमबार १६:५८
Featured Video Play Icon

मकवानपुर, १४ भदौ । चर्चित गायक विजय बानियाँ र गायिका सपना रोका दोहोरी च्याम्पियनको उत्कृष्ट ८ का लागि छनौट भएका छन् । निर्णायक मत र दर्शक भोटका आधारमा सातौँ दोहोरी भिडन्त जित्दै सपना र विजय उत्कृष्ट ८ मा प्रवेश गरेका हुन् । उनीहरुले चर्चित जोडी बिमाकुमारी अनुरागी र सुरेन्द्र मगरसँग दोहोरी भिडेका थिए । दोहोरी भिडन्तमा सपनालाई दुई निर्णायकले फो स्टार र अर्का दुई निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । विजयलाई एक जना निर्णायकले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । सपना र विजय उत्कृष्ट ८ मा प्रवेश गरेसँगै बिमा र सुरेन्द्र शोबाट बाहिरिएका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका सातौँ जोडी हुन् सपना रोका र विजय बानियाँ ।.यसअघि उत्कृष्ट २४ को क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६९.५ अंक प्राप्त गर्दै ९.५ अंकको अन्तरमा जीत हासिल गरेका थिए । फिजिकल अडिसनदेखि नै मिलेको जोडीका रुपमा चर्चामा आएका विजय र सपना गायक गायिकाकै रुपमा परिचय बनाईसकेका प्रतियोगीहरु हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । गायिका सपना रोक्का स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ निवासी हुन् । हाल काठमाडौँमा बसोबास गरिरहेकी सपनाले पोखराबाट प्लस टु सकाएर काठमाडौमा आएपछि गायन क्षेत्रमा आफ्नो करियरको सुरुवात गरेकी हुन् । सानैदेखि मामाघरमै बसेर हुर्किएकी सपनाले संघर्षकैबिच दोहोरी गाउन सिकेकी थिईन् । उनले विभिन्न प्रतियोगिताहरुमा पनि सहभागी भएर जित हासिल गरेकी छिन् ।

गायक विजय बानियाँ गोरखाका हुन् । हाल उनी काठमाडौँको रातोपुलमा बस्छन् । बुवाआमा, ४ दिदी बहिनी र आफुसहितको ७ जनाको परिवारमा हुर्किएका उनी वि.सं. २०७३ सालदेखि औपचारिक रुपमा दोहोरी गायनमा लागेका हुन् । उनी लाईभ दोहोरीमा पनि चर्चित छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*