कसले जित्ला दोहोरी भिडन्त ?

१२ भाद्र २०७८, शनिबार २०:२३
Featured Video Play Icon

मकवानपुर, १२ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि अन्तिम अर्थात आठौँ दोहोरी भिडन्त यही शनिबार हुँदैछ । आठौँ दोहोरी भिडन्तमा देवी आले र चिजकुमार गुरुङसँग शोभा कार्की र बालचन्द्र बरालले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट ८ मा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका पाँचौँ जोडी हुन् चिजकुमार गुरुङ र देवी आले । उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ५८४.५ अंक प्राप्त गर्दै १०.५ अंकले दोहोरी भिडन्त जितेका थिए । दोहोरी च्याम्पियन अगावै चर्चामा आईसकेका चिज र देवी लाईभ दोहोरीमा पनि चर्चित छन् । उनीहरु दोहोरी गायक गायिका समेत हुन् । उनीहरु दुबै जना गोरखाका हुन् ।

त्यस्तै दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका चौथो जोडी हुन् शोभा कार्की र बालचन्द्र बराल । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ६०४ अंक प्राप्त गर्दै ५ अंकको अन्तरमा जित हासिल गरेका थिए । बालचन्द्र र शोभा लाईभ दोहोरीमा चर्चामा रहेका नाम हुन् । उनीहरु परिचित गायक गायिका समेत हुन् । बालचन्द्र बागलुङका र शोभा म्याग्दीकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*