शोभा कार्की र चिजकुमार गुरुङको कडा दोहोरी भिडन्त

१२ भाद्र २०७८, शनिबार २०:१२
Featured Video Play Icon

मकवानपुर, १२ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि अन्तिम अर्थात आठौँ दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार देवी आले र चिजकुमार गुरुङसँग शोभा कार्की र बालचन्द्र बरालले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि एउटा प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा शोभा र चिजकुमारको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । सुरुमा चिजकुमारले शोभालाई रमाईलो दोहोरी टुक्का प्रहार गर्छन् ।
चिजकुमारको टुक्काले शोभामात्र नभई शोमा अतिथिका रुपमा पुगेका अतिथि कलाकारहरु पनि निक्कै हाँस्छन् । निर्णायक र उपस्थित सबै प्रतियोगीहरुको पनि हाँसो गुञ्जन्छ । शोभाले पनि चिजकुमारलाई उनकै शैलीमा कडा जवाफ फर्काउँछिन् । उनको प्रतिवादसहितको दोहोरी जवाफ निक्कै रोचक देखिएको छ ।
यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*