सरोज सिम्खडा र सिता घिमिरेसँग सविन आचार्य र रिता रावत क्षेत्रीको कडा दोहोरी भिडन्त

१० भाद्र २०७८, बिहीबार १९:१५
Featured Video Play Icon

मकवानपुर, १० भदौ । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ केही हप्तापछि उत्कृष्ट ८ को दोहोरी भिडन्त सुरु हुँदैछ । दोहोरी च्याम्पियनले यसअघि नै उत्कृष्ट ८ छनौटपछि कुन कुन समूहको बिचमा दोहोरी भिडन्त हुनेछ भनेर तालिका सार्वजनिक गरिसकेको छ । जस अनुसार उत्कृष्ट १६ मा परेका ८ समूहको भिडन्तमा जुन जुन जोडी समूह विजेता हुन्छन् उनीहरुको बिचमा नै दोहोरी भिडन्त हुने तय भएको थियो । यस अनुसार उत्कृष्ट ८ मा परेका सरोज सिम्खडा र सिता घिमिरेसँग सविन आचार्य र रिता रावत क्षेत्रीको कडा दोहोरी भिडन्त केही हप्तामै सुरु हुनेछ । यस भिडियो सामग्रीमा दोहोरी च्याम्पियनका उत्कृष्ट ८ मा हुने यी दुबै जोडीहरुको दोहोरी भिडन्तका बारेमा छोटो चर्चा गर्दैछौँ ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ छनौटपछिको पहिलो दोहोरी भिडन्तमा सरोज सिम्खडा र सिता घिमिरेले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तहरुमा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । उत्कृष्ट ८ पछिको पहिलो दोहोरी भिडन्तमा उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*