बिक्की अग्रवाल कमेडी च्याम्पियनको सेमिफाईनलमा

८ भाद्र २०७८, मंगलवार ०८:५५
Featured Video Play Icon

मकवानपुर, ८ भदौ । कमेडी च्याम्पियन सिजन २ मा तहल्का मच्चाईरहेका चर्चित कमेडियन बिक्की अग्रवाल कमेडी च्याम्पियनको सेमिफाईनलमा प्रवेश गरेका छन् । उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा पफोमर अफ द राउण्ड अवार्ड जित्दै उनी सिधै सेमिफाईनल अर्थात उत्कृष्ट ४ का लागि छानिएका हुन् । कमेडी च्याम्पियनका विकिपेडियाका नामले पनि चर्चा पाएका बिक्कीले ३ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । उनले उत्कृष्ट १५ को प्रस्तुतिका क्रममा, वाईल्ड कार्ड राउण्डपछि उत्कृष्ट ७ को प्रस्तुतिका क्रममा र उत्कृष्ट ५ को प्रस्तुतिपछि पफोमर अफ द राउण्ड अवार्ड जितेका हुन् ।

हरेक हप्ता फरक फरक लुक्स र कन्टेन्टका साथमा प्रस्तुत भइरहेका बिक्की सिजन २ का विजेता दावेदारहरु मध्येका एक हुन् । उनको हरेक प्रस्तुति फरक हुने भएकाले पनि उनलाई निर्णायक र दर्शकहरुले निक्कै रुचाएका छन् । बिक्की सिक्किम निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउन सफल पहिलो प्रतियोगी पनि हुन् । फिल्म मेकिङमा पनि सक्रिय रहेका बिक्कीको कमिक टाईमिङ र समय सापेक्ष अर्गानिक कन्टेटलाई निर्णायकहरुले मनपराएका छन् । सिक्किममा धेरै स्टेज शो गरिसेकका बिक्की सिक्किममा मात्र नभई अहिले नेपालमा पनि चर्चामा छन् । ५ वर्षदेखि हाँस्यव्यङ्ग्यकै क्षेत्रमा लेखन, निर्माण तथा कलाकारका रुपमा कार्य गरिरहेका बिक्की दर्शकहरुको रोजाईमा पर्न सफल भएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*