राजेन्द्र पाठक र मिना नेपालले जिते दोहोरी भिडन्त

८ भाद्र २०७८, मंगलवार ०८:०९
Featured Video Play Icon

मकवानपुर, ८ भदौ । चर्चित गायक राजेन्द्र पाठक र गायिका मिना नेपाल दोहोरी च्याम्पियनको उत्कृष्ट ८ का लागि छनौट भएका छन् । निर्णायक मत र दर्शक भोटका आधारमा छैटौँ दोहोरी भिडन्त जित्दै राजेन्द्र र मिना उत्कृष्ट ८ मा प्रवेश गरेका हुन् । उनीहरुले चर्चित जोडी प्रदिप रोका र कल्पना दाहालसँग दोहोरी भिडेका थिए । दोहोरी भिडन्तमा राजेन्द्रलाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए भने मिनालाई दुई जना निर्णायकहरुले थ्री स्टार र दुई जना निर्णायकहरुले फो स्टार दिएका थिए । राजेन्द्र र मिना उत्कृष्ट ८ मा प्रवेश गरेसँगै कल्पना र प्रदिप शोबाट बाहिरिएका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका छैटौँ जोडी हुन् मिना नेपाल र राजेन्द्र पाठक । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ५९९ अंक प्राप्त गर्दै ५ अंकले हार व्यहोरेका थिए । तर उनीहरु वाईल्ड कार्डमार्फत पून शोमा प्रवेश गरेका थिए । वाईल्ड कार्डमार्फत प्रवेश गरेका उनीहरुले दोहोरी भिडन्त जित्दै उत्कृष्ट ८ को यात्रा नै तय गर्न सफल भएका छन् । फिजिकल अडिसनदेखि नै चर्चामा रहेका मिना र राजेन्द्र लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चिनिएका गायक तथा गायिका पनि हुन् । मिना नेपाल ओखलढुङ्गाकी हुन् । प्रदेश नम्बर १ को ओखलढुङ्गा जिल्ला अन्तर्गत मोलुङ गाउँपालिकाको वडा नम्बर ५ मा जन्मिएकी उनी हाल परिवारसँगै काठमाडौँको कपनमा बस्छिन् । सानैदेखि गीतसँगीतमा रुचि भएकी मिनाले सानैदेखि गीत गाउन थालेकी थिईन् । गाउँबाट टाढाको सहरमा पुगेर क्यासेटहरु किन्दै गीत गाउन सिकेकी मिनाले सानैदेखि दोहोरी प्रतियोगिताहरुमा पनि भाग लिएकी थिईन् । उनको बुवाले सानैमा उनलाई बोकेर पनि गीत गाउन लाने गरेको उनी बताउँछिन् । काठमाडाँैमा आएपछि मामा र माईजुले पनि उनलाई गायनमा सहयोग गरेका थिए ।

मीनासँगै जोडी बाँधेर दोहोरी भिडिरहेका राजेन्द्र पाठक नुवाकोटका हुन् । दाह्रीवाला गायकका रुपमा चिनिएका राजेन्द्र शालिन शब्दहरु प्रहार गर्न माहिर छन् । नुवाकोटको तात्कालिन सुन्दरादेवी गाविस वडा नम्बर ५ मा जन्मिएका राजेन्द्र बाल्यकालदेखि नै गीत गाउने गर्थे । सानैदेखि अग्रजहरुको गीत गाउँदै हुर्किएका राजेन्द्रले सानैमा धेरै ठाउँमा प्रतियोगितामा सहभागी हुँदै जित पनि हासिल गरेका थिए । तर अध्ययनकै कारण उनले गाउने अवसरहरु पनि छोड्दै गए । धेरै वर्षपछि एसएलसी सकेपछि उनी काठमाडौँमा आएका थिए । हाल काठमाडौँको धुम्बाराहीमा बसोबास गर्ने राजेन्द्रका आमा, दुई दाई र दुई दिदीहरु पनि छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*