नेपाल आईडल सिजन ४ का यी हुन् नयाँ परिवर्तन

८ भाद्र २०७८, मंगलवार ०८:०१
Featured Video Play Icon

मकवानपुर, ८ भदौ । चर्चित गायन रियालिटी शो नेपाल आईडलको चौथो सिजनका लागि नयाँ निर्णायकहरुको चयन भएको छ । नेपाल आईडल सिजन ४ का लागि शम्भुजित बासकोटा, सुगम पोख्रेल र सुवानी मोक्तान निर्णायकका रुपमा चयन भएका हुन् । नेपाल आईडलको तेस्रो सिजनसम्म ईन्दिरा जोशी, न्हु बज्राचार्य र कालीप्रसाद बासकोटाले निर्णायकको भूमिका निभाएका थिए । उनीहरुसँगको सम्झौता सकिएकोले नयाँ निर्णायकहरु छानिएका हुन् ।

यसअघि नै नेपाल आईडल सिजन ४ का लागि डिजिटल अडिसन सुरु भइसकेको छ । यही भदौ १ गतेदेखि ३१ गतेसम्मका लागि डिजिटल अडिसन खुला गरिएको हो । एपिअन एपमार्फत नेपाल आईडल सिजन ४ को डिजिटल अडिसनमा सहभागी हुनसकिन्छ । डिजिटल अडिसनबाट छानिएकाहरुले मात्र अडिसनमा सहभागी हुन पाउनेछन् । नेपाल आईडलमा यसअघिको सिजनहरुमा बुद्ध लामा, रवि ओड र सज्जा चौलागाईँ विजयी भइसकेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*