नेपाल आईडल सिजन ४ को डिजिटल अडिसन यसरी दिनुहोस्

६ भाद्र २०७८, आईतवार १३:५०
Featured Video Play Icon

मकवानपुर, ६ भदौ । चर्चित गायन रियालिटी शो नेपाल आईडलको चौथो सिजन सुरु भएको छ । प्रोडक्सन टिमले यही भदौ १ गतेदेखि ३१ गतेसम्मका लागि डिजिटल अडिसन खुला गरेको छ । डिजिटल अडिसनबाट छानिएकाहरुले मात्र अडिसनमा सहभागी हुन पाउनेछन् ।

नेपाल आईडल सिजन ४ को डिजिटल अडिसनमा सहभागी हुनका लागि प्ले स्टोरबाट अन्नपूर्ण मिडिया नेटवर्कको मोबाईल एप ‘एपि ओ एन’ डाउनलोड गर्नुपर्छ । त्यसपछि ‘अडिसन ओपन’ मा गएर ‘नेपाल आईडल’ भन्ने अप्सनमा क्लिक गरेर आफ्ना सम्पूर्ण विवरण भरेर आफ्नै आवाजमा २ वटा फरक विधाको गीत अपलोड गरेर डिजिटल अडिसनमा सहभागी हुन सकिन्छ ।

नेपाल आईडलमा यसअघिको सिजनहरुमा बुद्ध लामा, रवि ओड र सज्जा चौलागाईँ विजयी भइसकेका छन् । नेपाल आईडलमा यस पटक निर्णायकहरु पनि परिवर्तन हुने भएका छन् । यसअघि तेस्रो सिजनसम्म ईन्दिरा जोशी, न्हु बज्राचार्य र कालीप्रसाद बासकोटाले निर्णायकको भूमिका निभाएका थिए । उनीहरुसँगको सम्झौता सकिएकोले अब नयाँ निर्णायकहरु चयन गरिने बताइएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*