गायक सुर्य रुम्बाको ‘प्रेमको रंग’ सार्वजनिक

६ भाद्र २०७८, आईतवार १२:५२

मकवानपुर, ६ भदौ । गायक, संगितकार तथा एरेञ्जर सुर्य रुम्बाको आवाजमा ‘प्रेमको रंग’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो रुम्बा टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । युट्युबमार्फत सार्वजनिक गर्ने क्रममा नै जुम भर्चुअल कार्यक्रममार्फत पत्रकार सम्मेलन गरेर गीतको भिडियो सार्वजनिक गरिएको थियो ।

गीतको म्युजिक भिडियोमा गायक रुम्बाका साथमा पारु स्याङ्तानले अभिनय गरेका छन् । शुभराज भोम्जनको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई अमिर योञ्जनले छायाँकन गरेका हुन् । म्युजिक भिडियो कोरियाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । भिडियोको सम्पादन विशालराज राईले गरेका छन् । आर.बी. सिंदानको शब्द, संगीत र एरेञ्जमा गीत तयार भएको हो । म्युजिक भिडियोमा एक सफल वैवाहिक जीवन बिताईरहेका दम्पत्तिको प्रेमकथा समावेश गरिएको छ ।

भर्चुअल पत्रकार सम्मेलनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पत्रकार एवम् लेखक रामकुमार एलन, जनजाति पत्रकार महासंघ कोरियाका अध्यक्ष गोकुल थोकर, गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका आइसीसी सदस्य सोम तामाङ, जनजाति महासंघ कोरियाका अध्यक्ष युगेल तेण्डुप शेर्पा लगायत विभिन्न सन्चारगृहमा आवद्ध सन्चारकर्मीहरु तथा अन्य संघ संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
लामो समयदेखि नेपाली तथा तामाङ भाषाको गीत संगीतमा कृयाशिल रुम्बाले यस अघि नै २ वटा म्युजिक एल्बम बजारमा ल्याईसकेका छन भने दर्जनौ गीतहरु बजारमा सार्वजनिक गरिसकेका छन् । उनले विभिन्न चलचित्रहरुको गीतमा स्वर भर्नुका साथै संगीत पनि गरिसकेका छन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*