गायिका प्रिती आलेसँग दुई अतिथिको चर्काचर्की

५ भाद्र २०७८, शनिबार २०:५०
Featured Video Play Icon

मकवानपुर, ५ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि सातौँ दोहोरी भिडन्त यही शनिबार हुँदैछ । सातौँ दोहोरी भिडन्तमा सपना रोका र विजय बानियाँसँग सुरेन्द्र मगर र बिमाकुमारी अनुरागीले दोहोरी भिड्दैछन् । दोहोरी च्याम्पियनको यो एपिसोड निक्कै दमदार हुने देखिएको छ । दोहोरी च्याम्पियन टिमले सार्वजनिक गरेको नयाँ प्रोमो अनुसार यो साता प्रतियोगीबिच मात्र नभई दोहोरी च्याम्पियनकी संचालिका तथा गायिका प्रिती आलेसँग शोमा उपस्थित भएका अतिथिहरुको पनि चर्को दोहोरी भिडन्त पर्ने देखिएको छ । शोमा अतिथिका रुपमा पुगेका एकनारायण भण्डारीसहितको अतिथिसँग प्रिती आलेको चर्को दोहोरी भिडन्त परेको देखिएको हो ।

प्रितीले सुरुमै एकनारायणलाई प्रहार गरेपछि अतिथिसँग घम्साघम्सी सुरुभएपछि पछि पून एकनारायणले पनि कडा दोहोरी भिडन्तको सुरुवात गर्छन् । उनीहरुबिचको यो दोहोरी भिडन्तले निर्णायकहरुमा पनि हाँसोको फोहोरा छुट्छ । उनीहरुबिचको यो चर्को दोहोरी भिडन्तका कारण दर्शकहरुले पनि यो शोको तिब्र प्रतिक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*