सपना रोक्का र सुरेन्द्र मगरको कडा दोहोरी भिडन्त

५ भाद्र २०७८, शनिबार २०:४४
Featured Video Play Icon

मकवानपुर, ५ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि सातौँ दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार सपना रोक्का र विजय बानियाँसँग सुरेन्द्र मगर र बिमाकुमारी अनुरागीले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि एउटा प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा सपना र सुरेन्द्रको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । सुरुमा सपनाले सुरेन्द्रलाई आफुले कान कम सुन्ने भन्दै चर्को आवाजमा बोल्नको लागि आग्रह गर्छिन् ।

सपनाको सवालमा सुरेन्द्रले पनि मज्जाको जवाफ फर्काउँछन् । सुस्त बोल्दा पनि जिन्दगी चल्याछ भन्दै सुरेन्द्रले बोल्दा पनि पुर्पुरो गलेको बताउँदै कडा प्रहार गर्छन् । उनको जवाफले निर्णायकहरुमा पनि हाँसोको फोहोरा छुट्छ ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*