कसले जित्ला दोहोरी भिडन्त ?

५ भाद्र २०७८, शनिबार २०:३१
Featured Video Play Icon

मकवानपुर, ५ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि सातौँ दोहोरी भिडन्त यही शनिबार हुँदैछ । सातौँ दोहोरी भिडन्तमा सपना रोका र विजय बानियाँसँग सुरेन्द्र मगर र बिमाकुमारी अनुरागीले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट ८ मा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका सातौँ जोडी हुन् सपना रोका र विजय बानियाँ ।.यसअघि उत्कृष्ट २४ को क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६९.५ अंक प्राप्त गर्दै ९.५ अंकको अन्तरमा विजय हासिल गरेका थिए । फिजिकल अडिसनदेखि नै मिलेको जोडीका रुपमा चर्चामा आएका विजय र सपना गायक गायिकाकै रुपमा परिचय बनाईसकेका प्रतियोगीहरु हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । सपना स्याङ्जाकी र विजय गोरखाका हुन् ।

त्यस्तै दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका एघारौँ जोडी हुन् सुरेन्द्र मगर र बिमाकुमारी अनुरागी । यसअघि उत्कृष्ट २४ को क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ४६०.५ अंक प्राप्त गर्दै ०.५ अंकको अन्तरमा विजय हासिल गरेका थिए । यो दोहोरी च्याम्पियनकै सर्वाधिक कम अन्तरमा हारजीत भएको दोहोरी भिडन्त थियो । बिमा र सुरेन्द्र दुबै नाम चलेका गायक गायिका हुन् । उनीहरु लाईभ दोहोरीमा पनि चर्चामा छन् । बिमा दोलखाकी र सुरेन्द्र धादिङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*