भरतमणि पौडेल सिधै उत्कृष्ट ५ मा

१ भाद्र २०७८, मंगलवार १३:१५

मकवानपुर, १ भदौ । कमेडी च्याम्पियन सिजन २ का चर्चित प्रतियोगी भरतमणि पौडेल सिधै उत्कृष्ट ५ का लागि छनौट भएका छन् । उत्कृष्ट ६ मा पुगेका भरतले पफोमर अफ द राउण्ड जित्दै सिधै उत्कृष्ट ५ मा पुगेका हुन् । भरतले ६ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । उनले उत्कृष्ट २४, उत्कृष्ट १५, उत्कृष्ट ९, उत्कृष्ट ८, उत्कृष्ट ७ र वाईल्ड कार्ड राउण्डपश्चात भएको उत्कृष्ट ६ को प्रस्तुति पश्चात पफोमर अफ द राउण्ड जितेका हुन् । उनी यस सिजनमा सर्वाधिक ६ वटा अवार्ड प्राप्त गर्ने एकमात्र प्रतियोगी हुन् ।

कमेडी च्याम्पियनमा तहल्का मच्चाईरहेका भरत ताप्लेजुङ निवासी हुन् । उनी कमेडियनका रुपमा मात्र नभई आरजे तथा टेक्निसियनका रुपमा पनि कार्यरत भईसकेका छन् । उनले लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ मा पनि अभिनय गरेका थिए । आफुलाई संघर्षशिल कलाकारका रुपमा चिनाउने भरत कलाकार बन्ने सपना बोकेर ताप्लेजुङदेखि काठमाडौँसम्म आईपुगेका थिए । मिमिक्री गर्न र व्यङ्ग्य गर्नमा माहिर भरतले आफुलाई अन्तराष्ट्रिय स्तरसम्म पनि चिनाउन सफल भएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*