कुलेन्द्र विश्वकर्मा र प्रिती आलेको कडा दोहोरी भिडन्त

३२ श्रावण २०७८, सोमबार ०९:०१
Featured Video Play Icon

मकवानपुर, ३२ साउन । चर्चित दोहोरी रियालिटी शो दोहोरी च्याम्पियनको छैटाँै दोहोरी भिडन्त निक्कै चर्चामा रह्यो । प्रतिस्पर्धी कलाकारले मात्र नभई उक्त एपिसोडमा नेपालकै चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्कर्माले शोकी संचालिका तथा चर्चित गायिका प्रिती आलेसँग कडा दोहोरी भिडन्त गरेका थिए । सुरुमा प्रितीले कुलेन्द्रको आवाज सुन्न मन लागेको भन्दै दोहोरी सुरु गरेकी थिईन् । प्रितीलाई जवाफ दिँदै कुलेन्द्रले आफ्नो आवाजभन्दा पनि प्रितीको सुन्दरता राम्रो भएको बताएका थिए ।

त्यसपछि कुलेन्द्रलाई प्रितीले सिनेमाकै हिरो जस्तो ज्यान भएको भन्दै प्रशंसा गरिन् । कुलेन्द्रले पनि उनलाई जवाफ दिँदै शालिन जवाफ फर्काएका थिए । प्रितीले कहिल्यै झुटो नबोल्ने र आफ्नो बारेमा सँधै राम्रो सोचेको बताएका थिए ।

दोहोरी भिडन्त अघि नै कुलेन्द्रले आफ्नो चर्चित गीत ‘जिम्माल बाको आँगनीमा’ गाएर प्रितीलाई नचाएका थिए अनि आफु पनि छमछमी नाचेका थिए । उनीहरुको यो नाच पनि निक्कै रमाईलो भएको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*