कल्पना दाहाललाई के भयो यस्तो ?

३१ श्रावण २०७८, आईतवार २०:५३
Featured Video Play Icon

मकवानपुर, ३१ साउन । लोकप्रिय लोकदोहोरी गायिका कल्पना दाहाल अहिले दोहोरी च्याम्पियनमा भिडिरहेकी छिन् । उनको शनिबारमात्रै उत्कृष्ट ८ का लागि भएको दोहोरी भिडन्त प्रसारण भएको थियो । तर कल्पनाले शनिबार नै आफ्ना केही चिन्ताजनक तस्बिरहरु फेसबुकमा शेयर गरेकी छिन् जसका कारण उनका शुभचिन्तकहरु चिन्तित भएका छन् । उनको चिन्तित मुद्रामा राखिएको तस्बिरमा यो सामग्री तयार पार्दाको समयमा ४ हजार २ सयभन्दा बढी शुभचिन्तकहरुले चिन्ता व्यक्त गर्दै रियाक्ट गरेका छन् भने २ हजार ५ सयभन्दा बढी शुभचिन्तकहरुले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कमेन्ट गरेका छन् । आखिर के भएको हो त कल्पनालाई ? के उनी सिकिस्तै बिरामी भएकी हुन् त ? हामी यस भिडियोमा यसै बारेमा चर्चा गर्दैर्छौँ ।

कल्पनाले फेसबुक पोष्टमै आफुलाई परेको स्वास्थ्य समस्या बारे खुलेर बताएकी छिन् । कल्पनाका अनुसार उनलाई ३–४ दिनअघि देखि घाँटी दुखेर केही निल्न समेत गाह्रो भएको थियो । तर शुक्रबार रातिदेखि भने उनलाई उच्च ज्वरो आउनुका साथै धेरै टाउको दुखेको र रिङ्गटा लागेर आँखा पनि हेर्न नहुने भएको उनले बताएकी छिन् । उनले स्वास्थ्य समस्याको बारेमा लेख्दै गर्दा अगाडि यस्तो लेखेकी छिन्–‘ बाँचे भेट होला अवश्य । सायद हरेक कुराको जिम्मेवारीसँगसँगै तनावले गर्दा पनि हो । अब त सहनै सकिन ।’ कल्पनाले लेखेको यस्तो स्टाटस र तस्बिरका कारण उनका प्रशंसकहरु समेत चिन्तित भएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*