जेरी र राजुमध्ये कुन टिमले जित्ला दोहोरी भिडन्त ?

३० श्रावण २०७८, शनिबार २०:३५
Featured Video Play Icon

मकवानपुर, ३० साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि यो साता पाँचौँ जोडी छानिदैछन् । गत साता पाँचौँ दोहोरी भिडन्तमा राजु केसी र डिला बिकसँग बबिता बानियाँ जेरी र शंकर क्षेत्रीले दोहोरी भिडेका थिए । गत साता भएको दमदार दोहोरीमा निर्णायकहरुले विशेष गरी राजु र जेरीको दमदार दोहोरी भिडन्तको निक्कै प्रशंसा गरेका थिए । राजुलाई निर्णायक रमेश बिजी र चन्द्र शर्माले फाईभ–फाईभ स्टार प्रदान गरेका थिए । त्यस्तै उनलाई निर्णायक प्रजापति पराजुलीले फो स्टार र सिता थापाले थ्री स्टार प्रदान गरेका थिए । डिलालाई निर्णायक चन्द्र शर्माले फो स्टार र अन्य निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । त्यस्तै शंकरलाई निर्णायक चन्द्र शर्माले फो स्टार र अन्य निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । जेरीलाई पनि निर्णायक चन्द्र शर्माले फो स्टार र अन्य निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । स्टारहरुका आधारमा निर्णायकहरुले राजुलाई निक्कै मनपराएको देखिन्छ । निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा यो शनिबार रिजल्ट हुनेछ । दुबै टिमलाई दर्शकहरुले दोहोरी च्याम्पियनकै विजेता दाबेदारका रुपमा चर्चा गर्ने गरेका छन् । तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडी उत्कृष्ट ८ मा पुग्लान् जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका पहिलो जोडी हुन् राजु केसी र डिला बिक । उनीहरुले यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तमा निर्णायकहरुबाट ५८४.५ अंक प्राप्त गर्दै १६.५ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । यो उत्कृष्ट २४ को क्रममा सर्वाधिक बढी अंकका आधारमा हारजित भएको दोहोरी भिडन्त थियो । दोहोरीकी रानी पनि भनेर चिनिएकी डिलाको माईती सुर्खेतमा पर्छ । उनी हाल धादिङमा बसोबास गर्छिन् । उनी लोकदोहोरीकी परिचित गायिका समेत हुन् । लाईभ दोहोरीमा पनि उनको निक्कै चर्चा छ । सुर्खेत जिल्लाको विरेन्द्रनगर ११ सुब्बाकुनामा जन्मिएकी डिलाले दोहोरी गायनको क्षेत्रमा संघर्ष गरेरै नाम कमाएकी छिन् । मेलामहोत्सवमा गीत गाउन जाँदा भाडा समेत नहुने समस्याबाट गुज्रिएर अहिले उनी सबैको प्रिय गायिका बन्न सफल भएकी छिन् । गायनसँगै अध्ययनलाई पनि निरन्तरता दिने उदेश्यले भैरहवामा पुगेकी डिलाले संघर्षकै यात्रा गरेर पोखरामा पाईला टेकिन् । पोखराहुँदै उनी गायनमै संघर्ष गर्न वि.सं. २०७१ सालमा काठमाडौँमा पुगेकी थिईन् । उनी दोहोरी गाउने ईच्छाकै बिच सुर्खेतदेखि काठमाडौँसम्मको यात्रामा उनी अनवरत संघर्ष गर्दै दोहोरी क्षेत्रमा अगाडि बढेकी छिन् ।

डिलासँगै जोडी बाँधेर दोहोरी च्याम्पियनमा भिडिरहेका चर्चित गायक हुन् राजु केसी । विभिन्न दोहोरी प्रतियोगिताहरुमा समेत जित हासिल गरिसकेका राजु स्याङ्जाका हुन् । उनी लाईभ दोहोरीमा पनि निक्कै चर्चामा छन् । स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिकामा जन्मिएका राजु हाल वालिङ नगरपालिकामा बसोबास गर्छन् । सानैदेखि लोकदोहोरीमा रुचि राख्दै लोकदोहोरी गाउँदै अघि बढेका राजुले वि.सं. २०६५ देखि औपचारिक रुपमा दोहोरी गायन रोजेका हुन् । उनका विभिन्न गीतहरु पनि चर्चामा छन् ।

त्यस्तै दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका छैटौँ जोडी हुन् शंकर क्षेत्री र बबिता बानियाँ ‘जेरी’ । उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट ५७३.५ अंक प्राप्त गर्दै ९ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । शंकर र बबिता श्रीमान श्रीमती हुन् । उनीहरु दुबै जना गायकका रुपमा परिचय बनाईसकेका प्रतियोगीहरु हुन् । उनीहरु लाईभ दोहोरीमा पनि चर्चित छन् । बबिता जेरी नामले चर्चित छिन् । शंकर र बबिता बाँकेका हुन् । बबिताको माईतिघर भने गोरखा जिल्लामा पर्छ ।

बबिताका जोडी शंकर क्षेत्री कलाकारका रुपमा परिचित छन् । स्याङ्जामा जन्मिएका शंकर अहिले भने नेपालगञ्ज बाँकेमा बसोबास गर्छन् । राम्रो गायक बन्ने उदेश्यले काठमाडौँमा प्रवेश गरेका शंकरले दोहोरी साँझहरुमा गाएर दोहोरीको क्षेत्रमा संघर्ष गरेका छन् । परिवारबाट नै गायन क्षेत्रमा लाग्न प्रेरणा पाएका उनी अहिले श्रीमतीसँगै दोहोरी गायन क्षेत्रमा जमेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*