दोहोरी च्याम्पियनमा यो साता यस्तो धमाका

३० श्रावण २०७८, शनिबार २०:२७
Featured Video Play Icon

मकवानपुर, ३० साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि छैटौँ दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार प्रदिप रोका र कल्पना दाहालसँग मिना नेपाल र राजेन्द्र पाठकले दोहोरी भिड्दैछन् । यो साता दोहोरी च्याम्पियनमा दोहोरी भिडन्तमात्र नभई अतिथि कलाकारले पनि तहल्का मच्चाउँदैछन् ।

अतिथि कलाकारसँगै हुने रमाईलकोबिच यो साता उत्कृष्ट ८ मा पुग्नका लागि दुई टिमबिच कडा दोहोरी भिडन्त हुने यसअघिको प्रोमोले पनि देखाईसकेको छ । प्रोमोमा कल्पना र राजेन्द्रको दमदार दोहोरी भिडन्त समावेश गरिएको थियो । यो दोहोरी प्रोमोकै आधारमा कल्पना र राजेन्द्रको दोहोरीका विषयमा दर्शक श्रोताहरुले रमाईलो कमेन्टहरु गरेका छन् । उनीहरुमध्ये कुन टिम अगाडि बढ्ला भनेर पनि दर्शकहरु जान्न उत्सुक छन् । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् ।

त्यस्तै यो साता नै उत्कृष्ट ८ का लागि पाँचौ जोडीको घोषणा हुँदैछ । गत साता भएको पाँचौँ दोहोरी भिडन्तमा राजु केसी र डिला बिकसँग बबिता बानियाँ जेरी र शंकर क्षेत्रीले दोहोरी भिडन्त गरेका थिए । उनीहरुमध्ये राजुलाई निर्णायक रमेश बिजी र चन्द्र शर्माले फाईभ–फाईभ स्टार प्रदान गरेका थिए । उनीहरुलाई निर्णायकले दिएको गोप्य अंक र दर्शक भोटका आधारमा यो साता एक जोडी उत्कृष्ट ८ का लागि छानिनेछन् । यी विभिन्न प्रस्तुतिहरुका कारण यो साता दोहोरी च्याम्पियन एक धमाकेदार एपिसोड बन्ने देखिएको छ । दर्शकहरु पनि यो साताको दोहोरी च्याम्पियनको तेईसाँै एपिसोडको प्रतिक्षा गरिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*