बिक्की अग्रवाललाई दोस्रो अवार्ड

२७ श्रावण २०७८, बुधबार १३:३३
Featured Video Play Icon

मकवानपुर, २७ साउन । कमेडी च्याम्पियन सिजन २ मा तहल्का मच्चाईरहेका बिक्की अग्रवालले दोस्रो पटक अवार्ड जितेका छन् । उनले वाईल्ड कार्ड राउण्डपछि उत्कृष्ट ७ को प्रस्तुतिका क्रममा पफोमर अफ द राउण्ड अवार्ड जितेका हुन् । पफोमर अफ द राउण्ड जितेर उनी उत्कृष्ट ६ मा पनि प्रवेश गरिसकेका छन् । उनले यसअघि उत्कृष्ट १५ को प्रस्तुतिका क्रममा पफोमर अफ द राउण्ड अवार्ड जितेका थिए । हुन त उनी यसअघि नै उत्कृष्ट ५ का लागि छनौट भईसकेका थिए । तर वाईल्ड कार्ड राउण्डबाट २ प्रतियोगीहरु पून छनौट भएपछि भने उनी हाल उत्कृष्ट ६ मा छन् ।

कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट ७ मा पुगेका दोस्रो प्रतियोगी हुन् बिक्की अग्रवाल । उनी सिक्किम निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउन सफल पहिलो प्रतियोगी पनि हुन् । उनी फिल्म मेकिङमा पनि सक्रिय छन् । उनी एक चर्चित युट्युबर समेत हुन् । उनको कमिक टाईमिङ र समय सापेक्ष अर्गानिक कन्टेटलाई निर्णायकहरुले मनपराएका छन् । सिक्किममा धेरै स्टेज शो गरिसेकका बिक्की सिक्किममा मात्र नभई अहिले नेपालमा पनि चर्चामा छन् । ५ वर्षदेखि हाँस्यव्यङ्ग्यकै क्षेत्रमा लेखन, निर्माण तथा कलाकारका रुपमा कार्य गरिरहेका बिक्की दर्शकहरुको रोजाईमा पर्न सफल भएका छन् । कमेडी च्याम्पियनका विकिपेडियाका नामले पनि चर्चा पाएका बिक्कीले २ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*